Why TFN?

March 29, 2016

By Prashneel Nepal, 2014 Fellow 

 

Photo credit: 2015 Fellow Hom Bahadur Thapa 

साथीहरू छन् त्यहाँ । जिवनकै मिठा मिठा साथीहरू पाएको छु । अनि म त्यहाँ जो सँग पनि साथी बन्न सक्छु । किचेनको दिदी, प्रविन देखि बिजय मणि सम्म ।
सबै भन्दा रूढ मान्छेहरू फेला पारेको छु । जिवनभर साथ दिने ।

TFN हाउस, साह्रै पो माया लाग्छ त । कहिल्यै अफिस भएन । घरै पो भयो त। गल्ती गरे जानेर वा नजानेर । तर कहिल्यै गाली पाइन । सिक्न खोजे सिकाउने
पाउँछु, गर्न खोजे गर्न साथ पाउँछु अनि हात खोजे हात पाउँछु । जहाँ म एउटा परिधिमा बाँधिएको छु तर कुनै पनि समय म त्यो परिधिको दायरा फराकिलो पार्न सक्छु । जहाँ  म सुन्दर बगैचाको परिकल्पना गर्न कत्ति पनि हिचकिचाउनु पर्दैन । सृजनाको फुल फुलाउन सक्छु म त्यहाँ ।

यहाँ  केहि न केहि गरि नै रहन्छु म । आफुलाई मन लागेको कुरा गर्न सक्छु । लेख्न, बोल्न, गित गाउन, नाच्न, फोटो खिच्न, सेसन चलाउन, के चै गरिन मैले । ध्यान, चिन्तन, मनन के चै गरिन मैले यहाँ । हास्न सिकेँ, नाच्न सिकेँ, रमाउन सिकेँ । दुखमा रून सिकेँ । रूदाँरूदै हास्न सिकेँ अनि हाँस्दा हाँस्दै रून पनि । मेरो बालाखा मनको हरेक चाहना पुरा गरे मैले यहाँ । मेरो मन भित्रको बालकसँग साक्षातकार गर्न पाएँ मैले ।

मेरो हरेक लगानिको प्रतिफल पाउँछु म यहाँ । समयको महत्व बुझ्दैछु । योजनाहरू बुन्ने भएको छु । थाकेर उठ्न सिकेको छु । उठेरै थाक्न सिकेको छु । जितेर हार्न सिकेको अनि हारेर जित्न पनि । व्यक्तित्व विकासको यति मिठो अवसर सायदै कतै पाएँ होला मैले । जिवन सुन्दर त्यतिबेला हुन्छ जव हरेक दिन नयाँ हुन्छ, हरेक पलहरू विशिष्ठ हुन्छन् । मेरो दुई वर्षे जिवन पनि निकै सुन्दर थियो ।

सार्थक दुई वर्ष बिताएँ मैले TFN मा । अब फेरि त्यहि भुमरिमा फस्नु छैन मलाई, जहाँबाट निस्किएर मैले TFN यात्रा सुरू गरे दुई वर्ष अघि । काम नै हो पहिले गरिएको र अहिले पनि काम नै गरिरहेको छु । तर म आफुलाई TFN मा निकै नै स्वतन्त्र महसुस गर्छु । म बाधिँएको छु ति मुल्य एवं मान्यताहरूबाट जुन मेरो जिवन बाँच्ने शैलि बनेको छ । इमान्दार बन्दा म मुर्ख कहलिन्न। नेतृत्व लिन चाहेमा खुट्टा तान्ने पवृत्ति छैन । निरन्तर सिक्ने अवसरहरू प्राप्त हुन्छ । एक अर्कामा सद्भाव रहिरहन्छ सँधै नै ।

धेरै संस्थाहरू छन् शिक्षा क्षेत्रमा काम गर्ने । निकै राम्रा राम्रा काम गरेको देख्छु । तर ति केवल एक " संस्था" हुन् । TFN ले ति संस्थाहरूको बिचमा आफ्नो छुट्टै पहिचान बनाएको छ किनकि यो संस्था नभएर एक अभियान हो । सबैभन्दा ठुलो कुरा भनेको यो अभियानको ईम्प्याक्ट हो । मलाई लाग्छ म एउटा कालखण्डको निर्माणमा सहभागि हुदैछु, TFN कालखण्ड । जहाँ एउटा संकृति युक्त  समाजक‍ो परिकल्पना गर्दछु जुन समाजले सकरात्मकता तर्फ डोर्याउँछ, समुहमा काम गर्न अभिप्रेरित गर्छ, एक अर्काको विचारको सम्मान गर्न सिकाउँछ, परिवर्तनको सुरूवात आफैबाट गर्ने आँट दिन्छ र सबैभन्दा महत्वपुर्ण कुरा भनेको कसैले पनि सपना देख्न डराउनु पर्दैन ।

युवावस्था त्यो समय हो जहाँ मानिससँग जे पनि गर्न सक्ने जोस, जाँगर अनि इक्षाशक्ति हुन्छ । अनि TFN त्यस्तो ठाउँ हो जहाँ आफ्नो क्षमताको उच्चतम बिन्दु नाप्ने अवसर प्राप्त हुन्छ त्यो पनि आफ्नो इक्षा अनुसार । तसर्थ मेरो TFN बाहेक अरू कुनै विकल्प छैन र चाहन्न पनि । किनकि म यहाँ खुशी र
सुखि हुन्छु ।

 

Prashneel Nepal is 2014 Fellow who taught at Shree Kundala Devi Secondary School in Sindhupalchowk.

Let's stay in touch.

Contact Information

"TFN House"
140 Chitra Marga, Kantipath
Jamal, Kathmandu, Nepal

(+977) 01-5340105, (+977) 01-5340974

Quick Links