Teach For Nepal celebrated 5 years of Impact

April 8, 2018

   

टिच फर नेपालको पाचौँ बार्षिकोत्सव सम्पन्न

काठमान्डौ
२३ चैत्र २०७४

टिच फर नेपालले यही चैत्र २३ गते आफ्नो पाचौँ वार्षिकोत्सव सम्पन्न गरेको छ। राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा २ वर्ष ग्रामिण समुदायका विद्यालयहरूमा आफ्नो कार्यकाल सकेका चौथो समूहका ३९ फेलोहरूको बिदाइ तथा ६ हप्ताको तालिम पश्चात नयाँ वर्षको वैशाखदेखि विभिन्न विद्यालयहरूमा जाने छैटौँ समूहका ७० फेलोहरूको औपचारिक स्वागत गरेको छ।

कार्यक्रममा टिच फर नेपालका विभिन्न फेलोहरू र विद्यार्थीहरूको नेतृत्वमा स्कुलहरूमा भएका उद्यमशीलता, फोटोग्राफी, वातावरण, विज्ञान तथा प्रविधिसम्बन्धी परियोजनाहरूको नमुना प्रदर्शनी भएको थियो। यस प्रदर्शनीमा टिच फर नेपाल कार्यरत सिन्धुपाल्चोक र ललितपुरका १० स्कुलहरूका ५१ विद्यार्थीहरू सहभागी थिए।

आफ्नो विद्यालयमा गरेको परियोजना सयौँ नयाँ मानिसहरूको अगाडि देखाउन र व्याख्या गर्न पाउँदा खुसी लागेको विदयार्थीहरूले बताए। “सफा भएको हाम्रो गाँउघरको कुरा अरूलाई बताउन पाउँदा र अरूलाई पनि प्रेरणा दिन पाउँदा सारै खुसी लागेको छ”, सिन्धुपाल्चोकको मानेखर्कमा कक्षा ८ मा पढ्ने सुजता तामाङले बताइन्। तामाङसँगै उनको विद्यालयका अरू ४ विद्यार्थीहरूले ‘हाम्रो सपनाको गाउँ, एक घर एक डोको’ परियोजनाको प्रदर्शनी गरेका थिए। उनीहरूले आफ्नो समुदायमा आफ्नै पहलमा विभिन्न ठाउँमा निगालो र बाँस प्रयोग गरेर बनाएको डोको राखेका छन्। आफ्नो अभियानलाई उनीहरूले कागजको नमुना मार्फत देखाएका थिए।

ललितपुरको कटुवाबाट आएका विद्यार्थीहरूले आधुनिक हलोसँगै स्थानीय स्रोत र साधनबाट बनाइएको बत्ती, पिर्कासँगै गाउँमै उत्पादित कफीको स्टल राखेका थिए। उनीहरूले परम्परागत शैलीको हलोमा गोरूको सट्टा विद्युतको ऊर्जा प्रयोग गर्दै पानी छर्किने, मल हाल्ने, डल्ला फोर्ने र घाँस काट्ने प्रविधि पनि जोडेका थिए। “काम सुरु गरेपछि हार नखाइ गर्यो भने सफल हुने रहेछ”, आफ्ना दुई साथीसँगै प्रदर्शनीमा आएका सरोज दाहालले बताए। उनीहरूको यो नमुना हालचालै आयोजित राष्ट्रिय प्रतियोगितामा प्रथम हुन सफल भएको थियो। उनीहरूले नेपाललाई कृषिमा आत्मनिर्भर र सुदृढ बनाउन नयाँ प्रविधिको विकास हुनुपर्ने विचार पनि राखे।

करिब १ घन्टा ३० मिनेटको प्रदर्शनीसँगैको औपचारिक कार्यक्रम ललितपुर सिम्लेकी संगिता जिम्बाले सुरू गरिन्। टिच फर नेपालका फेलोहरू कार्यरत विद्यालयमा पढेकी उनले युनाइटेड वर्ल्ड कलेज जर्मनीमा कक्षा ११-१२ मा पढ्न छात्रवृत्ति पाएकी छिन्। उनले टिच फर नेपालका फेलोहरूले उनको आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेलेको बताइन्। ललितपुरको दुर्गम ठाउँमा हुर्किएकी उनले आफ्नो जीवन संघर्षहरू सुनाउँदै भनिन्, “शिक्षकको कारण मेरो जीवनको बाटो परिवर्तन भएको छ। उच्च शिक्षापछि आफू पनि मेरा शिक्षकहरूजस्तै समाजसेवामा समर्पित हुनेछु।”

“टिच फर नेपालले ५ वर्षमा परिवर्तन सम्भव छ भन्ने देखाएको छ”, टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनालले विगत ५ वर्षका उपलब्धि सुनाउँदै भने। विद्यार्थीहरूको सिकाइ उपलब्धिदेखि उनीहरूको नेतृत्व तथा व्यक्तित्व विकास भएको बताउँदै २ वर्ष समुदायमा बसेका युवाहरूमा समाज-उन्मुख सोच पनि जागेको बताए। उनले टिच फर नेपाल स्थापनाको सुरुवातदेखि नै सरकारबाट सहयोग पाएको उल्लेख गर्दै शिक्षामन्त्रालय तथा शिक्षा विभागको प्रशंसा गरे।  उनका अनुसार टिच फर नेपालका ५० प्रतिशत भन्दा बढी एलमनाइहरू शिक्षासँग प्रत्यक्ष वा परोक्ष सरोकार राख्ने नेतृत्वदायी तथा व्यवस्थापकीय भूमिकामा छन्।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा सांसद गगन थापाले विकासको मानक आत्मसम्मान भएको भन्दै त्यसको लागि शिक्षा आवश्यक भएको बताए। टिच फर नेपालले युवामा नैतिक मूल्य र सामाजिक चेतना दिएको भन्दै उनले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई यस अभियान फैलिन सहयोग गर्न आग्रह गरे। थापा टिच फर नेपालको बोर्डमा समेत छन्।

“टिच फर नेपाल मेरो परिकल्पना नजिकको झल्को हो”, प्रमुख अतिथिको रूपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मन्त्रालय सदैव सहयोग गर्न तयार रहेको बताए। “नेपालका ३५ हजार विद्यालयहरू बदल्नुपर्ने छ”, सार्वजनिक विद्यालयको छवि सुधार्नुपर्ने भन्दै पोखरेलले भने, “सामाजिक न्यायमा आधारित समाज निर्माण गर्ने हो भने शिक्षा क्रान्ति नगरी हुँदैन।” उनले टिच फर नेपाललाई आगामि दिनमा सहयोग गर्न शिक्षा विभागका पदाधिकारीलाई निर्देशन समेत दिए।

शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले टिच फर नेपालले माटोलाई माया गर्ने र श्रमको सम्मान गर्ने शिक्षाको थालनी गरेको बताए।

कार्यक्रममा गत ५ वर्षमा टिच फर नेपाललाई सहयोग गर्ने संघसंस्था तथा व्यक्तिहरूलाई पनि सम्मान गरिएको थियो।


   

EVENT: Teach For Nepal 5 Year Anniversary
LOCATION: Rastriya Sabha Griha, Exhibition Road, Kathmandu
DATE: Friday, April 6th, 2018 (23th Chaitra)
TIME: 2:30 pm onwards

 

TEACH FOR NEPAL CELEBRATED 5 YEARS OF IMPACT AND INDUCTED 70 NEW FELLOWS TO ITS MOVEMENT

Teach For Nepal celebrated five year anniversary and inducted 70 new Fellows who will start their two-year journey as teachers, mentors and change-makers in the community on Friday, April 6th, 2018 (23rd Chaitra, 2074)

Kathmandu, Nepal (April 2018) – Teach For Nepal held their 5 year anniversary on April, 6th 2018 at Rastriya Sabha Griha, Exhibition Road, Kathmandu. The event welcomed 70 new cohort members to the two-year Fellowship program and inducted 39 Fellows to Teach For Nepal Alumni movement.

At the event, Teach For Nepal Fellows and students led entrepreneurial, science and technology exhibitions were displayed and plays and dances were performed by students from different public schools in Lalitpur, Sindhupalchowk and Dhanusa.

The students were very excited to display their projects in front of the mass. “I was delighted to display the project we made in our school using local resources,” said Sujata Tamang, Grade 8 student, Manakharka, Sindhupalchowk. “It was such a great opportunity to inspire other students as well as guests.”

In the event, along with Tamang four other students from her school exhibited products made in their village under the name, ‘My Dream Village - One Home One Basket’. Students from Katuwa, Lalitpur presented their Modern Halo which won the National Steam Challenge in the exhibition. Saroj Dahal, a student from Katuwa, Lalitpur shared, “If you start something and don’t give up, you always find success.”

The event was opened by Sangita Jimba, a student from Simle, Lalitpur, who is a recipient of United World College scholarship. She was a student of Teach For Nepal Fellow and will be attending her higher education in Germany from Fall 2018.

“Today marks another important step towards bridging the gap of quality education between public and private schools. We welcomed 70 new exceptional graduates with high academic ability to teach our children so we can prepare them for the world and make sure Nepal succeeds in the global race, said Shisir Khanal, Teach For Nepal CEO. “We look forward to serving an additional number of schools and continuing to work in partnership with the government, schools and our supporters to help reduce educational inequality in Nepal.”

Teach For Nepal ‘s movement is something I had always aspired,” said Giriraj Mani Pokhrel, Minister of Education. “We need to transform 35,000 schools in Nepal and to do this we need to bring revolution in education and I have my full support in Teach For Nepal’s movement”

In the event the students from Gunsha, Lalitpur performed an emotional play named ‘Ashaka Sapana’ based on the real stories of rural communities, Teach For Nepal’s Fellows also took the stage to showcase the five-year journey and students from Shanku, Lalitpur sang songs. Teach For Nepal Fellows and Alumni’s also shared their learning and experience.

Follow us @TFN5Years

###

Media Contact
Neraz Tuladhar (Teach For Nepal)
neraz@teachfornepal.org

Event Contact
Prajwal Khadka (Teach For Nepal)
prajwal2013@teachfornepal.org

Let's stay in touch.

Contact Information

"TFN House"
140 Chitra Marga, Kantipath
Jamal, Kathmandu, Nepal

(+977) 01-5340105, (+977) 01-5340974

Quick Links