कर्णाली र ललितपुर: सुन्दा फरक, देख्दा उस्तै (एक अनुभूति)

Sept. 29, 2016

२०१६ फेलो रतन प्रसाद देवकोटा

धुलाेमा कखरा लेख्न त सजिलो लाग्थ्यो। लेखेकाे पनि राम्रो देखिन्थ्यो।अक्षर बिग्रिए पनि फेरि  लेख्न सकिन्थ्यो। तर दु:खकाे कुरा सजिलैसित धुलाेमा लेखिएका अक्षरहरु सजिलै गरि मेटिन्थे। हावाले मेट्थ्याे। मान्छेले टेक्थे।गाईवस्तुले कुल्चिन्थे। जब मैले लेखेका अक्षरहरु असिना विलाए झै विलाउंथे। अनि मलाई नरमाइलो लाग्थ्यो। जसरी अाकाशमा जून तारा रहिरहन्छन्, म चाहन्थें मैले लेखेका अक्षरहरु रहिरहुन्। कहिल्यै नमेटिउन्। कहिलेकाहीँ रुखकाे फेदमा हँसियाकाे चुच्चोले कखरा लेख्थें। लेखेको सबैले देख्न सक्थे। तर सजिलै मेट्न सक्दैन थे। 'रुखकाे फेदमा कसले लेख्याे? अाेहाे!! कति राम्रो अक्षर??' भनेर मान्छेहरु अापसमा कुरा गर्दा मेरो मन खुसिले चङ्गा हुन्थ्यो । म साेच्थें, मैले जानेकाे सबैले देखुन्। सबैले हेरुन्। पत्थरमा पनि घण्टाैं लगाएर हँसियाकाे चुच्चाले अक्षरहरु लेख्थें। कडा वस्तुमा लेख्न कठिन तर मेट्न अप्ठेरो हुने रहेछ भन्ने ज्ञान पत्थरमा अक्षर लेख्दाकाे बखत मलाई अाभाष भएको थियो ।खासमा मसित कापी कलम विरलै हुन्थ्यो। म धर्तीलाई खाली कागज र काठलाई कलम बनाएर लेख्ने प्यास मेट्थें। शैक्षिक सत्र सकिने बेला स्कुलमा बल्ल किताब हतार गरेर अाइपुग्थ्याे। अाएकाे किताब पनि सबैलाई पुग्दैथ्याे।
,,,


किन राेगहरुकाे बास कर्णाली मै हुन्छ ? किन दु:ख र अभावकाे मेला कर्णाली मै लाग्छ ? किन कर्णाली मै जन्मिने बच्चाको जिन्दगी अन्याैलमा पर्छ? किन कर्णाली बासिका स्वप्नहरु बारबार तुहिन्छन्? किन कर्णालीकाे स्याउ कुहिनका लागि फल्छ? किन कलिला नानीका अाँखामा अाशाकाे ईन्द्रेणी झुल्दैन? काे हाे दाेषी?? बच्चा हाे कि भुगाेल। बच्चा जन्माउने अभिभावक हुन् कि राज्यको नीति ? यी यावत् प्रश्नहरु देशकाे राजधानीमा अध्ययनकाे शिलशिलामा अाए देखि मन भित्र लहरिरहेका थिए।
,,,

भन्न त काठमाडौं, ललितपुर र भक्तपुरलाई देशका विकसित जिल्ला भनिन्छ। जुन टाढाबाट हेर्नेहरुकाे बुझाइ मात्रै रहेछ। बत्ती मुनीकाे अँध्यारो भनेझैं  दक्षिण ललितपुर यति दुर्गमताकाे तुँवालाेले घेरिएको हाेला भनेर मैले कहिल्यै कल्पना सम्मनि गरेको थिइन। ६/७ वर्ष काठमाडौं बस्दा पनि मलाई ललितपुर धेरै विकसित नै लाग्थ्यो। टिच् फर नेपाल ले धनुषा, सिन्धुपाल्चोक र ललितपुर जिल्लामा अाफ्नाे शैक्षिक अभियान सुरु गरेकोे छ। टिच् फर नेपाल मा प्रवेश अगाडि, ''किन ललितपुर जस्तो विकसित जिल्लामा याे अभियान संचालन गर्नु भयाे? बरु दुर्गम जिल्लामा संचालन गर्नुहाेस् न !" भनेर मैले रिक्रुट्मेन्टका दाईहरुलाई साेधेकाे थिएँ।' 'पूरा ललितपुर घुम्नु भएको छ?'' अफिसका दाईदिदीले प्रतिप्रश्न गर्नु हुन्थ्यो। म नाजवाफ हुन्थेँ। ललितपुर कर्णाली भन्दा दुर्गम हाेला र? याे प्रश्न मन भित्र बिजिरहेकाे थियोे।

कुनै बेला विद्यालय मलाई कारागार जस्तो लाग्थ्यो। शिक्षकहरु अपराधीलाई भाैतिक सजाय दिन खटिएका सिपाही जस्ता लाग्थे। विद्यालय मेराे रुचिकाे काेटिमा पर्दैनथ्याे। विद्यालय जानू भन्दा खाेलामा माछा पाैडिएकाे हेर्न मन लाग्थ्यो। वस्तुभाउ चराउन जंगल जान मन लाग्थ्यो। जहाँ स्वतन्त्र र खुसिले अनेक कुरा हेर्न सक्थें।सुन्न सक्थें। सिक्न सक्थें। छुन सक्थें। बाेल्न सक्थें। मलाई जंगल सुरक्षित लाग्थ्यो। स्कुल हाेइन। मलाई किन विद्यालय मन पर्दैनथ्याे? वर्षाैँ पछि जवाफ भेटाउँने अभियानमा छु।

गएको वैशाखबाट दक्षिण ललितपुरको दुर्गम सिम्ले गाउँमा अवस्थित श्री चण्डेश्वरी मा.विमा, म दुई वर्षे प्रज्ञार्थी जीवन विताउदैछु। म गाउँ फर्किएको छु। विद्यालय पुगेकाे छु। र त यी शब्दहरु सिम्ले गाउँमा बसेर लेख्दै छु।

सिम्लेकाे भुगाेल नै अनाैठाे। सुरुका दिनमा मलाई पश्चिममा घाम उदाउँछ र पूर्वमा सुर्य अस्थाउँछ जस्तो लाग्थ्यो। तर अचेल भने पुर्व पश्चिम छुट्याउन सक्ने भएको छु। भाैगाेलिक रुपमा सिम्ले स्वर्गकाे टुक्रा जस्तो छ। सुन्दर ,हरियाली। चारैतिर देख्न सकिने। चिसाेहावा सिरसिर,,,,चलि रहने। एकै छिन कुहिराेमा लुटपुटीने। एकै छिन घामसित साक्षत्कार गर्ने। एकै छिन पानी पर्ने। अाहा!! क्या  रमाईलाे माैसम। सिम्ले डाँडाबाट तल प्युटार, गढिभन्ज्याङ देखिन्छ। त्यहाँ बाट अलि पर जाँदा वाग्मती वर्षाैदेखि दुखी भएर बगेकाे देखिन्छ। वाग्मती पारी मकवानपुर जिल्ला सुरु हुन्छ। गढिभन्ज्याङबाट उकालो झण्डै एक घण्टा हिंडेपछि सिम्ले गाउँ पुग्न सकिन्छ। सिम्ले डाँडामा अँझै जे.सि.वि डाेजर बाटो बाेकेर चढ्न सकेकाे छैन। गाउँमा बाटाे पुर्याउने निर्णय त कागजमा धेरै पटक भयो। तर काम भएन छ। कुरा गर्ने। काम नगर्ने। याे सुन्दा हामीलाई सामान्य लाग्छ तर लाज लाग्दाे र डरलाग्दो संस्कृति बनिसकेको छ। परनिर्भर मानसिकताबाट हामी प्रशिक्षीत भै सकेका छाैँ।सिम्ले गाउँमा फल्ने अारुबखडाले अँझै सम्म बजार पाएकाे छैन। अदुवाले वास्तविक माेल नपाई बेचिनु पर्ने रहेछ। खसिबाख्राले, खुवा र घ्यूले पनि राम्रो माेल पाएका छैनन्।

 

गाउँ नजिक खानेपानीको दिगो मुहान छैन। यस्ताे टापुमा किन मान्छेहरु अाए हाेलान? मनमनै प्रश्न उठ्छ। तर मैले यहाँको इतिहास खाेतल्न बाँकी छ। पहिले पहिले ३/४ घण्टा लगाएर पानी अाेसार्नु पर्थ्याे रे! अँझै पनि गाउँमा पानीको ठुलाे समस्या जीवितै छ। गाउँमा विरामी हुँदा सिटामोल छैन। सामान्य सामान किन्न पाईने पसल छैन। सिम्ले गाउँ पुरै तामाङ बस्ती हाे। जहाँ झण्डै ६० घरधुरी परिवार बस्छन्। परिवारकाे मुख्य पेशा कृषि र पशुपालन हाेे। तर पछिल्लो समयमा विदेशीने क्रम बढ्दाे छ। युवायुवतीले सपना कतार, मलेसियाकाे देख्छन्। घरदेखि विद्यालय सम्म नेपाली भाषाकाे समस्या छ। अभिभावकले राम्रोसँग नेपाली बाेल्न र बुझ्न सक्नु हुन्न। सन्तान सन्तिलाई पढाउनु पर्छ भन्ने भावना त छ। तर बच्चाले पढेर के हुन्छ ?? पढे पछि कस्तो काम पाउँछन्? कस्तो व्यक्ति बन्छन्? अधिकांश अभिभावकलाई यसबारे ज्ञान नै छैन। बाहिरबाट हेर्दा दाेषी अभिभावक देखिन सक्लान् तर दाेषी अभिभावक हाेईनन्। सिम्लेमा सडक बाटो पुग्ने हाे र गाउँमा खानेपानीको राम्रो सुविधा हुने हाे भने पनि गाउँको पुरै मुहार नै फेरिने छ। सिम्ले डाँडाबाट माथि झण्डै एक घण्टा उकालो हिँडे पछि माझखण्ड पुगिन्छ। जहाँबाट तराईका फाँटहरु र हिमालको हिउँ एकै चाेटी देख्न सकिन्छ। सिम्ले फलफुलखेति, पशुपालन, चिया खेतिकाे लागि निकै उपयुक्त छ। पर्यटकीय स्थल बन्न सक्ने प्रवल सम्भावना बाेकेकाे याे ठाउँ अझै सडककाे प्रतिक्षामा छ।
,,,

चण्डेश्वरी विद्यालयमा पारी मकवानपुरबाट पनि यहाँ पढ्न अाउँछन्। गढिभन्ज्याङबाट अाउँछन्। सिम्ले डाँडाबाट हेर्दा पारी मकवानपुर तिर सलाईका बट्टा जस्तै घरहरु देखिन्छन्। छरिएको बस्ती देखिन्छ। चण्डेश्वरीमा पुग्न २/३ घण्टा जति उकाली अाेराली गर्दै अाउनु पर्छ। वर्षाकाे सिजनमा धेरै समस्या झेल्नु पर्ने रहेछ। उकालो बाटो छ। पहिराे या पत्थर खस्न सक्छ। बाटाे राम्रो छैन। खाेलाहरु उर्लिन्छन्। किताबलाई सुरक्षित रुपमा बाेक्नका लागि न त विद्यार्थीहरुसित झाेला देख्छु। न त ताताे लगाउने लुगानै। टाढाको बाटो। जंगलकाे बाटाे। भाेक लाग्छ हाेला। थकान लाग्छ हाेला। विहान ७/८ बजे नै विद्यालय तिर लाग्छन्न। विद्यालयबाट घर, घरबाट विद्यालय बिचकाे अाेहाेर दाेहाेर मै समय व्यतीत हुन्छ। भाेक र थकान अनि घरयासि कामले बच्चाले पढ्ने समय नै पाउँदैनन्। तर पनि बच्चाको मनमा पढाइको असिम तिर्खा छ। भविष्यको चिन्ता छ। भाेक, निन्द्रा र थकान बिर्सेर विद्यालय अाउने जून चाहा छ हाे, म त्यहि चाहालाई लाखलाख सलाम ठाेक्छु। तारिफ गर्छु।घरयासी कारणले ३/४ वर्ष विद्यालय छाेडेर। पुन: विद्यालयमा पढ्न अाउने विद्यार्थीलाई विशेष सम्मान र प्रेम गर्छु।
,,,

यहाँका समस्या र भाईबहिनीहरुकाे स्कुले जीवन देखेर। मलाई मेरो बाल्यकालकाे याद अाईरहेको छ। कर्णाली अन्चलकाे विकट जिल्ला कालिकोटमा उकाली अाेराली गर्दै मेरा जिन्दगीका केही अमुल्य टुक्राहरु वितेका थिए। अाज भन्दा १५ वर्ष पहिले कालिकोटमा जुन स्तरकाे अवस्था र समस्या भाेगेकाे थिएँ। देशकाे राजधानी नजिकै पनि अँझै विकटताकाे तुँवालाे फाट्न सकेकाे रहेन छ। मुलुककाे राजनीतिमा परिवर्तन अाए पनि भाैतिक विकासमा खासै परिवर्तन अाउन सकेन छ। राजधानी नजिकैका गाउँमा त बाटो पुगेको छैन। कर्णालीका बस्ती बस्तीमा सडक कहिले पुग्ला? कर्णालीका बच्चाले कहिले देख्लान् काँस जस्तै फूलेकाे उज्यालो भविष्य ?? कर्णालीकाे जडिबुटी र स्याउले कहिले मुल्य पाउला र? निजी स्कुलकाे वातावरणलाई सम्झिदा र सरकारी स्कुलकाे हालत र बच्चाकाे भविष्य साेच्दा मन भारी भएर अाउँछ। सरकारी स्कुलकाे शैक्षिक गुणस्तर र निजी स्कुल बिच अाकास पाताल फरक छ। गुणस्तर कै अाधारमा बच्चाले अवसर पाउँछ। जन्मकै अाधारमा बच्चाको भविष्य निर्धारण हुन थाल्याे। याे कस्ताे विडम्बना? हामी कस्ताे र कहाँ शिक्षा पायौं। त्यसले भविष्य निर्धारण हुन थाल्यो। समाजमा वर्गीय खाडल बनाउने मुख्य माध्यम शिक्षा बन्दै छ। याे डरलाग्दो समस्या हाम्रो सामु छ। यस्तो अवस्थाकाे सृजना हामी बाटै भएको छ। र हामी सितै अन्त्यकाे उपाए पनि छ। सरकारी स्कुल नराम्रो हुने हाेइन। त्यहाँको पुरानो  शिक्षण प्रणाली। शिक्षककाे लापरबाही नै हाे। शिक्षक, अभिभावक र विद्यार्थी बिचकाे दुरी छ। खाडल छ।
,,,

कर्णालीमा मैले भाेगेका कथाहरु सुनाउँदै। गाउँदै। अाफुले जानेका कुरा विद्यार्थीलाई सिकाउदै छु। सिकाउनु भन्दा बढि सिक्दै छु। गाउँमै अवसर देख्ने हुदै छु। अाफुले देख्न सके पाे! अरुले देख्न सक्छन्। अाफ्नाे धरातल नविर्सेर, बच्चाको अाँखामा लगाइएको तुँवालाेलाई चिर्ने चेष्टा गर्दै छु। तन थाके पनि मन थाकेको छैन।धर्यताकाे शिरमा चट्याङ खस्ने छैन। अात्मविश्वासकाे पहाडमा पहिराे जाने छैन। अाशाकाे उज्यालो जून चाेइटिने छैन। सिसा चर्किए सरि सम्बन्धहरु चर्किने छैनन्।एक भित्र अनेक हुनु छ र अनेक भित्र एक। याे दुई वर्षे फेलाेसिपकाे दाैरानमा बच्चालाई बनाउँदै छु। अाफु बन्दै छु। समाज बुझ्दै छु। त्याे भन्दा धेरै अाफुलाई बुझ्दै छु। समस्या बुझ्दै छु। समाधान खाेज्ने यात्रामा छु। अहिले नगरे कहिले गर्ने? अाफुले नगरे कस्ले गर्ने? समुहमा काम गर्न सिक्दै छु। हलाेमा गणित देखाउँदै छु।घरबाट बनाएर ल्याएका परिकार विद्यार्थीले स्कुलमा बेच्छन्, उठेकाे रकम कक्षा बैंकमा जम्मा विद्यार्थीले गर्छन्। जस बाट नाफा नाेक्सान, साधारण ब्याज सिकाउदै छु। साहित्यिक क्लबबाट विद्यार्थीकाे अभिव्यक्ति क्षमताको विकास गर्ने वातावरण बनाएका छाैँ। फुटबलकाे माध्यमले अनुशासन र समुहमा काम गर्न सिकाउँदै छाैँ। विद्यार्थीको सामु कारागारकाे सिपाही सरि उभिएको छैन म। विद्यार्थीको भर पर्दाे साथी बनेर उभिएको छु। जुन वातावरण मैले स्कुलमा पाएकाे थिइन। त्यस्तो वातावरण निर्माण गर्ने अवसर पाएकाे छु। स्कुल घर भन्दा प्याराे लाग्छ भन्छन् विद्यार्थीहरु। घरयासिक कामले एक दुई दिन स्कुल अाउन नपाए पछि, केही गुमाएको भान हुन्छ रे! विद्यार्थीले जति माया गर्छन्। त्यति गर्न सक्दिन कि कहिलेकाहीँ मन भित्र अाशंका जन्मिन्छ।
,,,

समस्या कर्णालीमा पनि छन्। ललितपुरमा पनि छन्। समस्या पहिचान गर्न सिकाउने र समाधान खाेज्न सिकाउने एक मात्र उपाए शिक्षा नै हाे। भाैतिक संरचना ठड्याउदैमा बालबालिका शिक्षित हुने हाेइनन्। दक्ष र प्रभावकारी ढंगले सिकाउने शिक्षक हुने हाे भने सरकारी स्कुलकाे नतिजा राम्रो अाउने कुरामा कुनै शंका छैन।स्कुलमा राम्रै शिक्षक हाेलान् तर जिम्मेवार छैन्। जागिरका लागि स्कुल अाउँछन्। बच्चालाई पढाउन हाेइन। अरुलाई तिमी जिम्मेवार बन भन्दै दिन कटाउनु भन्दा अाफै उदाहरणीय व्यक्ति बनाैं त समस्या त्यसै समाधान हुन्छ। कक्षा काेठा एउटा सानाे देश हाे। कक्षा काेठाकाे वातावरण कस्तो छ? त्यसले भावि समाजकाे संकेत गर्छ।कक्षा काेठामा सफल शिक्षक, समाजमा सफल हुनु हाे। मैले स्कुलले जीवनमा जिम्मेवार शिक्षक पाईन छु। अब मेरा विद्यार्थीहरुले मैले भाेगेकाे तिताे अनुभव भाेग्ने छैनन्। जिम्मेवारीताकाे माने टिच् फर नेपालबाट सिक्दै छु। तपाईं पनि न छुट्नु हाेस् है!!

२०१६ फेलो रतन प्रसाद देवकोटा हाल  ललितपुरको चण्डेश्वरी माध्यमिक विद्यालयमा अध्यापन गर्छन् |

Let's stay in touch.

Contact Information

"TFN House"
140 Chitra Marga, Kantipath
Jamal, Kathmandu, Nepal

(+977) 01-5340105, (+977) 01-5340974

Quick Links