इतिहास पो थाहा पाउँनु पर्ने रहेछ

Nov. 22, 2015

- शिव कडेंल

“अहिलेको संविधान सातौँ रहेछ भन्ने कुरा त मलाई थाहा नै थिएन। २०७२ सालको पहिलो हो जस्तो लागेको थियो ।” मेरो एक जना साथीले भन्नुभयो । आज दिनभरको राजनितिक गफ-गाफ पछि उनको त्यो उत्तर आएको थियो ।

“धान त फलेको रहेछ । पटक पटक चाहिको धान फैलाउँने कोशिशमा पो लागेका रहेछन यि नेताहरु । के कारणले नेपाली समाजले चाहिएको धान फैलाउँन सकेन तरु धानको बिउँ पो राम्रो थिएन किरु वा त्यो धान फैलाउँने जमिन उपियुत्त थिएन रु” म सोच्दै जमलबाट घर तर्फ लागेँ ।

घर पुगेर भाइसँग अहिलेको देशको अवस्थाबारे सामान्य कुराकानी भयो । आज दिउँसो त रविन्द्र मिश्र र तुलनारायण साहको धेरै कुरा सुनेको । आफुलाई महत्तवपुर्ण लागेको कुराहरु कापीमा टिपेको थिए । पढन थाले ।

संविधान पछाडी इतिहास रहेछ । संविधान बुझ्न इतिहास पो थाहा पाउँनु पर्ने रहेछ । २००४ देखि २०७२ सालको समय रेखामा ७ वटा संविधान । यो समय रेखा भित्र त म पनि जन्मेको हुँ । २०४८ कार्तिक १६ गते देशमा कस्तो राजनितिक माहोल थियो? मलाई जिज्ञासा लाग्यो । तर उत्तर म सँग छैन ।

“म त स्नातक सकेको युवा यस्तो पनि थाहा न हुनुर?” आफैलाई लाज लाग्यो । स्कुलमा हुँदा समाजिक शिक्षा मनै नपर्ने । सँधै कक्षामा निद्रा लाग्ने । यो मेरो र मलाई पढाउँने शिक्षकको ठुलो कमजोरी हो । घरमा पुगेर संसार अर्कै थियो । “पढनु पर्छ र ठुलो मान्छे बन्नुपर्छ । राजनिती त फोहोर हो । कुरा गर्नु पनि हुन्न । लाग्नु पनि हुन्न । काम नभएका मात्र त्यसमा लाग्ने गर्छन्” यस्तै सोचहरुमा हुर्किदै गए ।

र, सोच्न थालेँ । के सिके? के सिकाइयो?

हामी धनी नेपाली हुन चाहदा रहेछौँ । शिक्षित नेपाली होइन । किन? पहिले देखि हाम्रो घर परिवारहरु अर्थिक रुपमा सुरक्षित हुन चाहना राख्दा रहेछन् । पैसा नभए गाँस, बाँस र कपासको ठेगाना हुँदों रहेनछ । यो कुरा हाम्रो बुबा-आमाले बुझ्नु भएको छ ।

दुःख गरेर हामीलाई पढाउँनु हुन्छ । हामी पढछौँ । पढाइ सकेर जागिर खोज्न लाग्छौँ । सोचे जस्तो जागिर पाउँन पनि गाह्रो हुंदो रहेछ । सबैले अनुभव खोज्दा रहेछन् । बोल्ने देखे लिएर लेख्ने सिपसम्म । तर बिडम्बना हाम्रो शिक्षाको । हामीलाई राम्रोसँग तर्क गर्न पनि सिकाउँदैन रहेनछ । हाम्रो शिक्षाले प्रतिशतको दौडमा छोडदिन्छ । हामी पैसा कमाउँन दौडिन्छौँ । यो दौडमा राजनितीलाई अर्कै मैदानमा राखिन्छ । हामीले नदेख्ने गरी । किनभने हामीलाई आवश्कता नै छैन् ।

हाम्रो आवश्यकता अर्कै छ । हाम्रो घर परिवारमा आफ्नै कथा – व्यथा छन् । आफ्नै संघर्ष छ । हामीलाई राजनीतीका गफ गरेर काम नै छैन । अनि के भयो? हामीले बुझ्न नचाहेको राजनीती हामी भन्दा कम पढेका नेताहरुले पढेँ । राजनितीका हामी अनपढ समुदायमा पर्यो । नेताहरुले इतिहासलाई आफ्नै रुपमा व्यख्या गर्न थालेँ । आफैँ भाषा बनाएर बोल्न थालेँ । हामी ठिक – बैठिक छुटाउँन सकेनौँ । हो , यही कुराको फाइदा थोरै पढेका नेताहरुले उठाएँ । हामी पढेर अनपढ भयो । उनीहरु नपढेर विद्वान बन्न थाले ।
एसएलसि गरेका प्रधानमन्त्री भए । कक्षा ८ पढने सभामुख । योग्यता नभएको कति नेता छन छन । अनि हामीलाई चित्त बुझ्दैन । हामी स्वस्थय मन्त्री डाक्टर हुनुपर्छ भन्छौ । खेल मन्त्री खेलाडी भए राम्रो हुन्थयो सोच्छौँ । अर्थ मन्त्री ठुलो उद्मी हुनुपर्ने कल्पना गर्छौ । तर हामी राजनीतीबाट टाढा रह्न्छौ ।


के हामी शिक्षित नेताहरुबाट नेतृत्व हुन चाह्न्छौँ ? के हामी हाम्रा बाल – बालिकालाई गुणस्तर शिक्षा दिन चाह्नछौँ रु के हामी नेपाल भित्रनै आवसर सिर्जना गर्न सक्छौँ त ? सुरूवात प्रश्नबाट गरौँ । तेल होइन उत्तर मागौँ । के आझै हाम्रा मधेसका भाइ-बहिनीहरुले हिमालमा पर्ने सगरमाथाको कुरा गर्दा गर्व गर्छन्? के आझै हाम्रो इतिहासमा हामीलाई गर्व छ?


हामी गलत पनी छैनौँ । किन भने हामी आफ्नो घर परिवारलाई सुःख नदिकन , यो देशलाई सुःख दिलाउँन सक्दैनौँ । हामी कहाँ गल्ती छौँ भने हाम्रो सामाज तर्फ चासो राखेनौ । समाजको आमासरहकी राष्ट्रको चिन्ता भएन । राजनितीमा के भयो, त्यो हाम्रो चासोको विषय नै भएन । हामी घर परिवारको जिम्मेवारीमा भुल्यौं ।

अब के तर? के हामी शिक्षित नेताहरुबाट नेतृत्व हुन चाह्न्छौँ ? के हामी हाम्रा बाल – बालिकालाई गुणस्तर शिक्षा दिन चाह्नछौँ रु के हामी नेपाल भित्रनै आवसर सिर्जना गर्न सक्छौँ त ? सुरूवात प्रश्नबाट गरौँ । तेल होइन उत्तर मागौँ । के आझै हाम्रा मधेसका भाइ-बहिनीहरुले हिमालमा पर्ने सगरमाथाको कुरा गर्दा गर्व गर्छन्? के आझै हाम्रो इतिहासमा हामीलाई गर्व छ?

हामीले चाहेर पनी राजनिती शब्द बाट पर बस्ने अबको समय रहेन । भुकम्प देखि नाकाबन्दीसम्म हाम्रो देशमा आएको परिवर्तन महसुस गरौँ । सडकमा निस्काँदा ग्यासको लाइनदेखि हामी गाडि कुर्दाको समय सम्झौँ । के हामीले बुझ्ने र सोच्ने बेला आएको छैन र? यदि अझै राजनिती र हाम्रो जिवनको सम्बन्ध देखन सकेका छैनौ भने हामी आन्धा हौँ । हाम्रो लपरवाहाईले देश यस्तै हुन्छ र भइराख्छ । चासो राख्ने समय भइसक्यो । राजनितीको चासो गर्दैमा पार्टी खोल्नु पर्छ भन्ने होइन । सडकमा आगो बाल्न जानु पर्छ भन्ने पनि होइन ।

यस्को अर्थ संविधान पछाढि इतिहास खोज्नु हो । इतिहास सत्य होइन । इतिहास व्याख्या हो । विभिन्न व्यक्तिको आफ्नै तर्क हुन्छ । कुरा सुन्दा हो जस्तो लाग्छ । तर, अबको समयको माग हामीले सत्य खोज्ने हो । इतिहास पढेर आफ्नो तर्कहरु राख्ने बेला हो । तपाई हाम्रा तर्कले र सोचाईले अबको २५ वर्षको समाजको निर्माण गर्छ । भोली हामीले छोरा छोरीलाई उत्तर दिनुपर्छ । २०७२ सालमा के भयो र तपाई के गर्दै हुनुहुन्थयो । त्यो बेला देश र राष्ट्र बुझाउँन सकेनौ भने हामीले पढेको र सिकेको केही काम लाग्दैन् ।

म इतिहास बुझ्ने र आफुले पढाएका विद्यार्थीलाई बुझाउँने प्रयासमा लाग्ने छु । मैले मेरो कमजोरी बुझिसकेँ तर म बाँच्दा यो कमजोरीलाई मैले सचाउँन सकिन मेरो जिवन अर्थपुर्ण हुने छैन । मेरो मृत्युको बेला मेरो मनमा सन्तुष्टी हुनेछैन । परिवर्तन सानो कुराबाट सुरू हुन्छ, त्यो मलाई विश्वास छ । र, यो सुरुवात म शिक्षक भएर एउटा कक्षाकोठाबाट सुरु गर्दै छु र गर्छु ।

यो लेखे म इमान्दार भएर लेख्दै छु । इमान्दारिता नै मेरो बाटो हो । र यो देश परिवर्तनको साधन इमान्दारिता र जवाफदेइ सरकार नै हो । स्मरण रहोस, हामी अर्थिक रुपमा स्वाभिमान हुन सक्नु पर्छ र साथै यो देश बनाउँने जिम्मेवारी हाम्रो पनि हो ।

 

(टिच फर नेपाले अाफ्ना प्रज्ञार्थीहरुको नेतृत्व विकासका लागि वर्ष भरी नै विँभिन्न कार्यसाला हरु गरिराख्छ ।  नोभेम्वर ७-९ २०१५ मा भएको नेतृत्व विकास कार्यसाला पछि शिव कडेंल को रिफ्लेक्सन शिव कडेंल, टिच फर नेपालका प्रज्ञार्थीका रुपमा २०७१ सालदेखि ललितपुरको सिम्लेमा गणित पढाईरहेका छन्

Let's stay in touch.

Contact Information

"TFN House"
140 Chitra Marga, Kantipath
Jamal, Kathmandu, Nepal

(+977) 01-5340105, (+977) 01-5340974

Quick Links